बेलडाँडी प्रहरी र ट्राफिक प्रहरीद्वारा सडक सुरक्षा सम्बन्धी कार्यक्रम

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरको आयोजनामा अस्थाई ट्राफिक प्रहरी पोष्ट बेलडाँडीको सहकार्यमा सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम वडा न. ०२ क्याम्प चोकमा आयोजना गरिएको थियो ।

कार्यक्रमको सञ्चालन बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रमुख प्र.स.नि. बहादुर महराको नेतृत्वमा गरिएको थियो । प्रहरी टोलीले सडक सुरक्षा सम्बन्धी पर्चा र पम्पलेट वितरण गर्दै यात्रु तथा गाडी चालकहरूलाई दुर्घटना न्यूनीकरणका लागि सचेत गराएको थियो ।

यस कार्यक्रममा यातायात सुरक्षा र चालकहरूको जिम्मेवारीबारे महत्वपूर्ण जानकारी र सुझाव दिइएको थियो ।
कार्यक्रमको उद्देश्य मुख्यतः सडक दुर्घटनामा कमी ल्याउनु र सडक सुरक्षामा सचेतना फैलाउनु रहेको थियो । अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलडाँडीका इन्चार्ज सम्भु भट्टले, “यस्तो कार्यक्रमले सडक दुर्घटनामा केही हदसम्म कमी ल्याउन मद्दत पुर्‍याउने विश्वास राख्छौं।”

उनले थपे, “सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवार यात्रुले दुर्घटनामा कमी ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ।”
बेलडाँडीमा यस प्रकारका सचेतना कार्यक्रमहरूको निरन्तरता दिँदा सडक दुर्घटनामा कमी आउनका लागि सकारात्मक परिणाम प्राप्त हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित