कञ्चनपुर । नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरकृया गरेको छ।
शुक्रबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्राधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रदेश र जिल्ला कार्य समितिसँगको सहकार्यमा पत्रकारहरूलाई बीमासम्बन्धी विभिन्न महत्त्वपूर्ण जानकारी प्रदान गरेको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र सेवाग्राही बीचका समस्या समाधान गर्न सहि सूचना प्रवाहको महत्त्वलाई जोड दिएका थिए।
उनले सञ्चारकर्मीहरूसँग छलफल गर्दै बीमासम्बन्धी दृषटिक समस्याहरू र उचित जानकारीको आदान-प्रदानमा सहकार्य गर्नुपर्ने कुरामा बल दिएका छन्।
नेपाल पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष भरत शाह र महासचिव शिवराज भट्टले पत्रकारिता क्षेत्रमा बीमासम्बन्धी जानकारीको अभावलाई सम्बोधन गर्ने महत्वका विषयमा विचार व्यक्त गर्दै यस कार्यक्रमले समाचार संकलनमा सहयोग पुर्याउने बताएको बताए।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिह धामीले पनि यस कार्यक्रमलाई पत्रकारितामा बीमासम्बन्धी ज्ञान बढाउने राम्रो अवसरका रूपमा लिएका छन्।
कार्यक्रममा कञ्चनपुर जिल्लाका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। बीमासम्बन्धी थप जानकारी प्राप्त गरेपछि पत्रकारहरूबीच बीमा क्षेत्रमा समाचार संकलन र रिपोर्टिङमा सजिलो हुने अपेक्षा गरिएको छ।























Discussion about this post