बेलडाँडी गाउँपालिकामा बाघ र चितुवाको आतंक अझै थामिएको छैन। शुक्रबार साझ करिब साढे ७ बजेको समयमा, बेलडाँडी गाउँपालिका ५ स्थित खगेन्द्र महराको घरपालुवा कुकुरमाथि बाघले आक्रमण गरेको खबर प्राप्त भएको छ।
महराको घर नजिकैको उखुबारीमा बाघले कुकुरलाई लुछेर लगेको महराले जानकारी दिए। कुकुर कराइरहँदा महराले त्यसको पिछा गर्दै कुकुरलाई बचाउने प्रयास गरेका थिए, तर बाघले उखुबारीमा लगेर कुकुरलाई मारिसकेको थियो।
यस घटनाले बेलडाँडीमा बाघ र चितुवाको आतंक अझै बढिरहेको र यसका कारण स्थानीय जनजीवन प्रभावित भइरहेको प्रष्ट भएको छ। यस्ता घटनाबाट बच्नका लागि सरोकारवाला निकायको जिम्मेवारी निभाउनुपर्ने आवश्यकता बढ्दो छ।























Discussion about this post