बेलडाँडी । नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा बम बहादुर बुढा सर्वसम्मत चयन भएका छन् । बुढाको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
आज शनिबार, बेलडाँडी गाउँपालिका वडा नं. ४ स्थित सरस्वती जनता माविको प्राङ्गणमा आयोजित तेस्रो अधिवेशनबाट बम बहादुर बुढाको नेतृत्वमा उपाध्यक्ष जनक बहादुर थापा, उपाध्यक्ष महिला देवा धामी, सचिव दीपक नेपाली, सह सचिव पूजा नेपाली, कोषाध्यक्ष भीम बहादुर नेपाली, सह कोषाध्यक्ष देवकी बिष्ट, सदस्यहरू रमेश प्रसाद जोशी र देवकी जोशी रहेका छन् ।
त्यसैगरी, ११ जना जिल्ला प्रतिनिधीहरू पनि सर्वसम्मत चयन भएको नव निर्वाचित अध्यक्ष बुढाले जानकारी दिनु भयो । नव निर्वाचित अध्यक्ष बम बहादुर बुढाले पेशागत शिक्षकहरूको हक र हितको रक्षा गर्ने आफ्नो कटिबद्धता व्यक्त गरे । उनले भने, “शिक्षकहरूको भोगाइ र समस्याहरूलाई बुझेर समाधानका लागि कार्य गर्ने छु ।
शिक्षकहरूको स्थिति र अधिकारको रक्षा गर्नु मेरो पहिलो प्राथमिकता हो ।“ उनले शिक्षकहरूको हकका लागि अविरल संघर्ष गर्ने प्रतिबद्धता समेत जनाए ।
समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव उत्तम बिष्ट थिए, जसले शिक्षकहरूको वर्तमान अवस्था र भविष्यका चुनौतीहरूको बारेमा जानकारी दिए । विशिष्ट अतिथिहरूमा नेकपा एमाले सुदूरपश्चिम सदस्य अभिमान थापा, नेकपा एमाले जिल्ला उपाध्यक्ष जनक राज अवस्थी, र जगदिश प्रसाद जोशी रहेका थिए ।
नव निर्वाचित अध्यक्ष बम बहादुर बुढाको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीले शिक्षकहरूको हक र अधिकारका लागि संघर्ष जारी राख्ने छ । यो अधिवेशनले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउनेछ । अब शिक्षकहरूको समग्र हितको लागि नयाँ कार्ययोजना बनाई आगामी दिनमा काम गर्ने तयारी गरिएको छ ।
Discussion about this post