पुनर्वासका नगर प्रमुख शर्मा प्रति अभद्र व्यवहार भएको भन्दै पालिका र कर्मचारीद्धारा विज्ञप्ती जारी, प्रहरीमा जाहेरी दर्ता

लाल ब. एसके,पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रति अभद्र व्यवहार गरिएको भन्दै पुनर्वास नगरपालिका र नगरपालिकाका कर्मचारीद्धारा छुट्टा छुट्टै विज्ञप्ती जारी गरिएको छ ।

मिति २०८१ फागुन २ गते शुक्रबार राति करिब ८ बजेको समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा आफ्नो घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ९ बस्ने हरि बहादुर बोहराले नगर प्रमुख सवार गाडी रोकेर अभद्र व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त घटनाप्रति पुनर्वास नगरपालिकाले गम्भीर आपत्ति जनाउँदै शनिबार आकस्मिक बैठक बसी एक प्रेस विज्ञप्ति जारी गरेको छ । नगरपालिकाका प्रवक्ता तुलसी अर्यालको हस्ताक्षरयुक्त विज्ञप्तिमा नगर प्रमुखलाई सार्वजनिक स्थानमा रोक्ने र अभद्र व्यवहार गर्ने कार्य कानुनी र सामाजिक दृष्टिकोणले समेत अनुचित रहेको उल्लेख गरिएको छ । यस घटनाले नगर प्रमुखको गरिमा र सामाजिक प्रतिष्ठामा आँच पुगेको भन्दै दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तीमा यस्तो कुरा उल्लेख गरिएको छ : मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८ को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भत्र्सना गर्दछ ।

निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रहि किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेसित गर्ने गरेको समेत थियो ।

यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी वाटो खोजिने जानकारी समेत दिन चाहान्छौं ।

हिजो अवेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले वाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा कारवाहिका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।

भन्दै विज्ञप्ती जारी गरिएको छ भने यता, आइतबार कार्यालय समय खुलेपछि पुनर्वास नगरपालिकाका कर्मचारीहरूको संयुक्त बैठक बसेर घटनाप्रति आपत्ति जनाउँदै छुट्टै प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले मेयर शर्मा घर फर्कने क्रममा राति ८ बजे अवाञ्छित र अभद्र व्यवहार गरिएको भन्दै घटनाको भत्र्सना गरेका छन् । उनीहरूले नगरपालिकाको कामकाजमा अवरोध पु¥याउने गतिविधि सह्य नहुने बताउँदै दोषीमाथि यथाशीघ्र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

नगर प्रमुख शर्मामाथि अभद्र व्यवहार गरेको आरोपमा जाहेरी प्रहरीमा दर्ता भएको छ । आरोप लागेका हरि बहादुर बोहराको खोजी कार्य इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले तीव्र पारेको छ । हालसम्म उनी फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पुनर्वास नगरपालिका र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा देश भर सरकारी गाडी दुरुपयोग भएको भन्दै चौंतर्फी आलोचना हुने गरेको छ । विभिन्न स्थानीय तह, प्रदेश र विभिन्न कार्यालयका सरकारी गाडी घोडा बिबाह मठमन्दिर, घरपरिवार घुम्न जाने, घास बोक्ने, दाउरा बोक्ने, बोका बोक्ने जस्ता तमाम व्याक्तिगत तथा घर्यासी कार्यमा संलग्न भएका घटनाहरु फेला पर्दै गएका छन् ।
उपमेयर भुलियो कुमारी रानाको बिबाहको भारतको पलियाबाट समान ल्याउने बेला समेत गाडीको दुरुपयोग भएको थियो । त्यति बेला पनि सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले समेत समाचार प्रकाशन गरेका थिए।

यसै सन्दर्भमा पुनर्वासका केहि युवाहरुले गाडी दुरुपयोग भएको आरोप समाजिक संजालमा लगाउदै आएका छन् । गाडी दुरुपयोग भएको भए पनि कानुनी बाटो अपनाउने ठाउँमा यस्तो कार्य ठिक नभएको स्थानीयले बताएका छन् । सरकारी सवारी साधनको दुरुपयोग नगरिनु पर्ने उहाँहरुको सुझाव रहेको छ । गाडी दुरुपयोग भए नभएको समेत छानवीन हुनुपर्ने यस क्षेत्रका युवाहरुले माग गरेका छन् ।

केहि दिन पहिले देखि पुनर्वासका केहि युवाहरुले पुनर्वासको सरकारी गाडी दुरुपयोग भएको भन्दै नगर प्रमुख उप प्रमुख लगायत कर्मचारीहरुको विरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित