कञ्चनपुर, फागुन ७ – कञ्चनपुरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र कैलालीको सैपाल ग्याँस प्रालि बीच बुधबार एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतामा दुई पक्षले एकअर्कासँग सेवा प्रवाहका विषयमा सहकार्य गर्ने निर्णय गरेका छन्। सम्झौताअनुसार, अस्पताल र ग्याँस प्रालिविच एक अर्कालाई विभिन्न सेवामा छुट प्रदान गर्ने छन्।
सम्झौतामा अस्पतालले फार्मेसीमा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ। यसका साथै, ओपिडी सेवामा पनि २५ प्रतिशतसम्म छुट उपलब्ध गराइने छ। यस प्रकारको सहकार्यले स्वास्थ्य सेवाको पहुँचलाई सामान्य जनतासम्म पुर्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
सम्झौतामा हस्ताक्षर गर्ने क्रममा अस्पतालका निर्देशक डा. गोबिन्द रोकाया र ग्याँस प्रालिका मार्केटिङ्ग म्यानेजर मनोज दाहाल उपस्थित थिए। डा. रोकायाले यस सम्झौतामा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै भने, “यो सम्झौताले जनतालाई स्वास्थ्य सेवामा सुविधा पुर्याउनेछ र स्वास्थ्य सेवामा पहुँच बढाउनेमा मद्दत गर्नेछ।”
ग्याँस प्रालिका म्यानेजर मनोज दाहालले पनि स्वास्थ्य सेवाको क्षेत्रमा राम्रो सहकार्य गर्ने आशा व्यक्त गर्दै भनें, “हामीले जनतालाई राहत दिने उद्देश्यले यो सम्झौतामा हस्ताक्षर गरेका हौँ। भविष्यमा पनि यस्ता सहकार्यलाई थप बलियो बनाउने प्रयास गरिनेछ।”
यस सम्झौताले कञ्चनपुर र आसपासका क्षेत्रका नागरिकलाई फार्मेसी र ओपिडी सेवामा सस्तो दरमा पहुँच पुर्याउने अवसर प्रदान गर्नेछ।






















Discussion about this post