सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न, ३७२ विद्यार्थी दीक्षित

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आइतवार सम्पन्न भएको छ। समारोहमा तीन सय ७२ विद्यार्थीलाई दीक्षित गरिएको छ।

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा सम्पन्न दीक्षान्त समारोहमा मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानका स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताए। उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने आफ्नो पुरानै धारणा रहेको उल्लेख गरे।

यस्तै, डडेल्धुराको परशुराम क्षेत्र जोड्ने पुल तथा सीमा क्षेत्रमा निर्माण हुने अन्य पुलहरूको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। साथै, हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै सुरु हुने जानकारी दिए। भारत सरकारसँग सुक्खा बन्दरगाह निर्माणका लागि छलफल भइरहेको समेत प्रधानमन्त्रीले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित