स्ववियु निर्वाचन : कृष्ण बैजनाथ क्याम्पसमा कांग्रेस, एमाले, माओवादीबीच सहमतिमै नेतृत्व चयन

केशव थापा कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनबीच सहमति भएको छ ।

स्थानीय तहका विद्यार्थी नेताहरूबीच आपसी सहमतिका आधारमा स्ववियु सञ्चालन गर्ने निर्णय भएको हो । सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा (एमाले) र विपक्षी नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठनबीच भागबन्डाका आधारमा नेतृत्व चयन गरिएको छ ।

सहमति अनुसार नेविसंघबाट सभापतिमा करनप्रसाद भट्ट, सदस्यहरूमा सङ्गीता भट्ट, हेमराज भट्ट चयन भएका छन् । अखिल (क्रान्तिकारी) ले सचिवमा मनिषा धानुक, सदस्यहरूमा मोहन बोहरा र गणेश पाल चयन गरेको छ । अनेरास्ववियुबाट कोषाध्यक्षमा प्रविन धामी र सदस्यमा मञ्जु औजी चयन भएका छन् ।

क्याम्पसका उपप्राध्यापक महेश भट्टका अनुसार स्ववियुका उम्मेदवारहरू सर्वसम्मत चयन भएका छन् । यसअघि २०७९ सालमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले सभापति पद जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित