कञ्चनपुरका पत्रकारहरूलाई होली खेल्न नदिने सिनियर पत्रकारको फरमान

कञ्चनपुर । पत्रकारिताको धर्म भनेकै कलम चलाउनु हो, तर उमंग, उत्साह र सहकार्यको रङ्ग मिसिए के बिग्रन्छ ? कञ्चनपुरका पत्रकारहरूले गत वर्षदेखि होली पर्व मनाउने क्रममा संकलित रकम अनाथालय सहयोगदेखि अन्तरप्रदेश भ्रमणसम्म उपयोग गर्दै आएका थिए । तर, स्वयंलाई महान पत्रकार ठान्ने सिनियर पत्रकार रनी विवसले भने “पत्रकारले समाचार लेख्ने हो, होली खेल्ने होइन“ भन्दै नयाँ परिभाषा दिएका छन् ।

पत्रकारहरूको घेराभित्र नै रंगीन बयार बगिरहँदा विवसजी भने ’कलम चलाउने हातले रंग नछुने’ सिद्धान्तको पक्षमा उभिएका छन् । तर, रमाइलो कुरा के छ भने विवसजीले जाड–रक्सीको प्रसंगमा भने चुप्पी साध्ने गरेका छन् । पत्रकारले रंग खेल्नु अनुचित भन्ने विवसजीलाई जाड–रक्सी सेवन भने समाचार लेख्ने प्रेरणादायी तत्व हो भन्ने लागेको छ कि ?

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका उपाध्यक्ष धर्मा रोकायाले भने विवसजीको फरमानलाई त्यति गम्भीर रुपमा नलिन आग्रह गरेका छन् । “सद्भाव, संस्कृति र सहयोगको सन्देश प्रवाह गर्ने पर्वमा रमाउनु नराम्रो कुरा होइन,“ उनी भन्छन्, “होली रमाइलोको मात्र पर्व होइन, यसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन लागिएको हो ।“

जिल्लाका पत्रकारहरू आज मंगलबारदेखि होलीको रंगमा रंगिएका छन् । महासंघका पूर्वसचिव राजेन्द्र अवस्थीले पत्रकारिताको व्यस्त तालिकामा यस्ता सांस्कृतिक पर्वले आपसी भाइचारा बलियो बनाउने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित