कञ्चनपुर, फागुन २८ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन)को केन्द्रीय सदस्यमा कञ्चनपुरबाट अम्मराज भट्ट निर्वाचित भएका छन ।
२६, २७ फागुन काठमाण्डौँमा सम्पन्न भएको प्याब्सन नेपालको १६औँ राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष समेत रहेका भट्ट प्याब्सन केन्द्रीय सदस्यमा निर्वाचित भएको जनाईएको छ ।
न्यू सरस्वती विद्या मन्दिरका प्रिन्सिपल समेत रहेका प्याब्सन कञ्चनपुरका नेता भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएसंगै उनले थपिएको जिम्मेबारी निर्वाह गर्ने प्रण गरेका छन । उनलाई जिल्लादेखि केन्द्रसम्मै बधाई शुभकामना दिईरहेका छन ।























Discussion about this post