कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवारहरू संगठन परित्याग गरी नेविसंघमा सामेल

कैलाली – कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरूले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा प्रवेश गरेका छन्। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ) का दुई उम्मेदवारले आफ्नो संगठन परित्याग गर्दै नेविसंघमा सामेल भएका हुन्।

राप्रविसंघबाट कोषाध्यक्षका उम्मेदवार कविता पाण्डे र अनेरास्ववियुबाट समानुपातिक उम्मेदवार लक्ष्मी देवकोटाले नेविसंघ प्रवेश गरेका छन्। नेविसंघका केन्द्रीय सदस्य टेकराज अवस्थीले यस घटनाबारे जानकारी दिँदै भने, “दुवै उम्मेदवारले आफ्नो संगठन परित्याग गरेर नेविसंघमा समावेश भएका छन्।“

नेविसंघका उम्मेदवारहरूसँग अन्तरक्रियाका लागि शनिबार लम्कीमा आयोजित कार्यक्रमको अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले लक्ष्मी देवकोटालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए। राप्रविसंघबाट कोषाध्यक्षका उम्मेदवार पाण्डेले बिहीबार नै नेविसंघ प्रवेश गरेको विद्यार्थी नेता अवस्थीले जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित