दार्चुलामा भ्रष्टाचारविरुद्धको आवाज उठाउने नेता पक्राउ, संगठनको कडा आपत्ति

दार्चुला – दार्चुलामा भ्रष्टाचारविरुद्धको संघर्ष गर्दै आएका एक नेताको गिरफ्तारीपछि संगठनले कडा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ ।

शैल्यशिखर नगरपालिका–९ का रमेश भट्टले मनकामना कृषि तथा पशुपन्छी फर्मका नाममा आएको बजेट अनियमित ढंगले व्यक्तिगत प्रयोग गरेको आरोप लागेको छ। भ्रष्टाचारविरुद्ध सचेतना फैलाउने उद्देश्यले संगठनले उक्त फर्ममा कालो ब्यानर टाँस्दै सांकेतिक कारबाही गरेको थियो ।

तर, भ्रष्टाचारमा संलग्नको छानबिन हुनुको साटो, संगठनका जिल्ला समिति सदस्य राजु लुहारलाई आइतबार बिहान ४ बजे पक्राउ गरिएको संगठनले जनाएको छ ।

पक्राउबारे संगठनले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। संगठनका अनुसार, भ्रष्टाचारविरुद्धको लडाइँमा अग्रसर हुनेलाई राज्य संयन्त्रले दमन गर्ने प्रयास गरिरहेको छ । “गिरफ्तार कमरेड राजु लुहारलाई तत्काल विनासर्त रिहा गर्न सम्बन्धित निकायलाई अपिल गर्दछौं । अन्यथा, चरणबद्ध संघर्षमा उत्रिनेछौं,“ विज्ञप्तिमा उल्लेख छ ।

संगठनले दार्चुलाका सम्पूर्ण देशभक्त र न्यायप्रेमी युवालाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आग्रह गरेको छ । यो घटनाले दार्चुलामा भ्रष्टाचार र कमिसनखोरीविरुद्धको संघर्षलाई झनै तातेको छ । प्रहरी प्रशासनले यस विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित