त्रिवि क्याम्पसमा चैत ५ को स्ववियु निर्वाचन : मन्त्रालयद्वारा स्वच्छ र निष्पक्ष मतदानको अपिल

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै सरोकारवालालाई अपिल गरेको छ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन क्याम्पस प्रशासन, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूलाई संयम अपनाउन आग्रह गरिएको छ। साथै, विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिइएको छ।

यस्तै, निर्वाचन प्रक्रियामा अवाञ्छित गतिविधि देखिएमा कानूनअनुसार कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। त्रिवि क्याम्पसहरूमा निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक सहकार्य र समन्वय गर्नुपर्नेमा पनि जोड दिइएको छ।

मन्त्रालयका सचिव शिव कुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ। साथै, आवश्यकता परेको खण्डमा प्रशासनले कानुनी प्रक्रिया अनुसारका आवश्यक कदम चाल्ने स्पष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित