कैलाली सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि स्थानीय तहका कर्मचारीहरूले प्रदेश स्थानीय सेवागठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै धर्ना दिएका छन्।
सोमबारदेखि कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य गेटमा स्थानीय तह कर्मचारी संघर्ष समिति बनाएर आन्दोलन सुरू गरेका हुन्। फागु पूर्णिमा पर्वको बिदाका बेला आन्दोलन रोक्ने निर्णय गरेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन पुनः सुरु गरेका छन्।
प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विधेयकमा रहेका प्रावधानहरूमा हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपाका विद्यार्थीहरूको आन्दोलनको बीचमा कर्मचारीहरू पनि आन्दोलनमा उत्रेका हुन्। उनीहरूको प्रमुख माग भनेको ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक (२०८१) तुरुन्त जारी हुनुपर्ने’ हो।
Discussion about this post