झिलमिला बीओपीद्वारा अवैध बोइलर कुखुरा र मोटरसाइकल बरामद (भिडियो सहित)

कञ्चनपुर – बेलडाँडी गाउँपालिकाको भारतसँग सिमा जोडिएको वडा नं. ३ बाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ। नेपाली नम्बर प्लेट से ६ प ९४६६ नम्बरको मोटरसाइकलमा १४ पिस अन्दाजी ४२ केजी बोइलर कुखुरा ल्याइएको श्रोतले जनाएको छ।

श्रोतका अनुसार आज बिहानै मोटरसाइकलसहित बरामद गरिएका ती कुखुराहरू बेलडाँडीका कुखुरा पालक किसानलाई साक्षी राखेर नष्ट गरिएको छ । तर, उक्त गाडीको विषयमा हामीले बुझ्न खोज्दा झिलमिला बीओपी इन्चार्जले फोन उठाएका छैनन ।

यसैबीच, बरामद मोटरसाइकल छुटाउनका लागि बेलडाँडीका केही नेताहरू सक्रिय रहेको श्रोतको दाबी छ। श्रोतले झिलमिला बीओपीले राजनीतिक दबाबका कारण गाडी छोड्ने तयारी गरिरहेको जनाएका छन्। पछिल्लो समयमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी यस्ता अवैध कार्यमा संलग्न रहेको आरोपसमेत लगाइएको छ ।

बेलडाँडी कुखुरा पालन किसान समितिका अध्यक्ष सुरेन्द्र कार्कीले हाल भारतमा बर्ड फ्लु देखिएको बेला यसरी अवैध रूपमा भारतबाट कुखुरा ल्याउनु गलत भएको बताए। उनले यसरी अवैध रूपमा कुखुरा आयात गर्दा स्थानीय कुखुरा पालन किसानहरू मारमा पर्ने चेतावनी दिए । यस्ता गैरकानुनी क्रियाकलापमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ।

(भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित