रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा अहिले पौने ३ बजेसम्म ९१ मत खस्यो, मतदान जारी

 बेलडाँडी । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा स्ववियु निर्वाचनमा २ बजेर ४५ मिनेट जादा सम्म ९१ मत खसेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत नारायण दत्त जोशीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार क्याम्पसमा १ सय २१ जना मतदाता रहेको जनाउदै अहिले सम्म सौहार्दपूर्ण वातावरणमा निर्वाचन चलिरहेको उहाँले जनाउनु भयो ।

अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा भइरहने यो क्याम्पसमा दुवै विद्यार्थी संगठन बिरासत जोगाउने र भत्काउने योजनाअनुसार मैदानमा उत्रिएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु सविना कुमारी खत्रीको नेतृत्वमा चुनावमा उत्रिएको छ भने कांग्रेसको नेविसंघले मोहन जैशीलाई अघि सारेको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा यसअघि अनेरास्ववियुले जीत हासिल गरेको थियो । यो संगठन आफ्नो बिरासत कायम नै राख्ने रणनीतिमा छ भने नेविसंघ किल्ला तोड्ने कसरतमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित