बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको छ ।
मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको हो ।
अखिल क्रान्तिकारीका नेता दिपक चौधरीले नेवि संघका महेन्द्र भाटलाई ३५मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । अनेरास्ववियुका सञ्जु कुमारी चौधरी र राप्रपा निकट ममता भट्ट पनि पराजित भएकी छिन ।
अखिल क्रान्तिकारीका चौधरीले १सय ३८, नेवि संघका भाटले १सय ३, अनेरास्ववियुकी चौधरीले ६४ र राप्रपाकी भट्टले ४मत पाएकी छिन । सचिवमा अखिल क्रान्तिकारीकै लक्ष्मी बडायक १सय २६ कोषाध्यक्षमा दब्बोरा नेपाली १सय १८ निर्वाचित भएकी छिन ।
यस्तै सदस्य हिरा कुँवर, जिवन राना, जयन्ती लुहार, सम्झना चौधरी, हेमन्ती राना निर्वाचित भएकी छिन ।
अघिल्लो पटक नेवि संघले जितेको उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको हो ।
३ सय ६४ मतदाता मध्ये ३सय ९ खसेका थिए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले निर्वाचित अखिल क्रान्तिकारीको टिमलाई बधाई तथा शुभकामना दिदै भावि दिनमा विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्न आब्हान गरेका छन ।
यस्तै विजयी विद्यार्थी प्रतिनिधिहरूलाई बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
Discussion about this post