कञ्चनपुरको लालझाडीमा जंगली हात्ती विद्युतिय धरापमा फस्दा मृत्यु, १ जना पक्राउ

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियामा ७ फागुनमा विद्युतीय तार बिछाएर थापिएको धरापमा जंगली हात्तीको मृत्यु भएको घटनामा १ जनालाई पक्राउ गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार, ओमप्रकाश राना नामक स्थानीयलाई पक्राउ गरिएको हो। रानाकै खेतमा मृत अवस्थामा भेटिएको जंगली हात्तीको शवमा विद्युतीय धरापको ग्याबिन तार रहेको पाइएको थियो।

प्रारम्भिक अनुसन्धानले हात्तीको मृत्यु विद्युतीय धरापको कारण भएको पुष्टि गरेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार, यस घटनामा रानालाई जिम्मेवार ठहरिएको छ। रानाले आफ्नो प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखेको स्वीकार गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानको क्रममा रानालाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको छ। निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार, वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्षसम्मको कैद सजाय वा ५ देखि १० लाखसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था छ।

मृत हात्तीको शव लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा रहेको खेतबारीमा फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित