मेयर बालेन्द्रको एक स्टाटसले ल्यायो तरंग, समाजिक संजालमा बालेको स्टाटसको व्यापक तारिफ

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो एक स्टाटसले फेरि समाजिक संजाल तताएका छन्। सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीताप्रति रोष व्यक्त गर्दै उनले फेसबुकमा यस्तो धमाकेदार पोस्ट गरेका छन्, जसले एकैछिनमा भाइरलको रफ्तार समातेको छ ।

बालेनको स्टाटस अनुसार, काठमाडौं महानगरका सरसफाई कर्मचारी तीन महिनादेखि तलब नपाएर पिरोलिएका छन् । यो समस्या दोहोरिँदै गएपछि उनले सरकारलाई चेतावनी दिँदै भने,
“अबको एक हप्ताभित्र कर्मचारीले तलब पाएनन् भने, सबैलाई टुकुचामा गाड्छु! त्यसपछि हेर्छु, तिमीहरूको के के तन्त्र हो !!”

बालेनको यो स्टाटस भाइरल हुनासाथ समर्थन र प्रतिक्रियाको ओइरो लागेको छ । धेरैले उनलाई ‘कुरा होइन, काम गर्ने नेता’ भन्दै प्रशंसा गरेका छन् भने केहीले उनको आक्रोशलाई जायज भनेका छन् ।

एक प्रयोगकर्ताले लेखे, “यस्तै हो! जनताले रोजेको मेयर भनेको यस्तै हुनुपर्छ। घुमाउरो भाषा होइन, सीधा कुरा!” अर्का एकजनाले लेखे, “यो मेयरको भाषालाई आलोचना गरौंला, तर सत्य बोल्न डराउँदैनन् । यस्ता इमानदार नेताको समर्थन गर्नुपर्छ ।”

बालेनको स्टाटसपछि सरकारको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ । अब हेर्न बाँकी छ, के सरकारले सफाई कर्मचारीको तलब दिन्छ कि बालेनले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छन् ?

तपाईंलाई के लाग्छ ? बालेनको यो आक्रोश सही हो ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित