स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी संघ संगठन दर्ता

कञ्चनपुर, १२ चैत्र । सुदूरपश्चिम विश्वविद्यालय (सुपवि) केन्द्रीय क्याम्पसमा यही २७ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनका लागि १० विद्यार्थी संघ संगठनहरूले संगठन दर्ता गराएका छन्। निर्वाचन संयोजक कर्णदेव भट्टका अनुसार ७ विद्यार्थी संघ संगठन तथा ३ स्वतन्त्र विद्यार्थी समूहले औपचारिक रूपमा संगठन दर्ता गरेका छन्।

संयोजक भट्टका अनुसार निम्न विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गराएका छन्:

१. नेपाल विद्यार्थी संघ (नेवि संघ) २. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ३. अखिल क्रान्तिकारी ४. समाजवादी निकट अनेरास्ववियु ५. अखिल (समाजवादी) ६. बहुमत निकट क्रान्तिकारी विद्यार्थी संगठन ७. प्रजातान्त्रिक विद्यार्थी संगठन ८. दीपेन्द्र भट्ट नेतृत्वको संयुक्त विद्यार्थी समूह ९. पुष्करराज पन्त नेतृत्वको स्वतन्त्र विद्यार्थी समूह १०. विरेंद्र सिंह नेतृत्वको स्वतन्त्र विद्यार्थी आवाज

संगठनहरू दर्ता भएसँगै विद्यार्थी संघ संगठनहरूले चुनावी तयारी तीव्र पारेका छन्।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी (अबिरल) ले संगठन दर्ता भएसँगै आवश्यक चुनावी प्रक्रिया अगाडि बढेको बताए। उनका अनुसार, जिल्लाका दुई क्याम्पस जितिसकेको क्रान्तिकारी समूहले केन्द्रीय क्याम्पससहित अन्य आंगिक क्याम्पसहरूमा पनि संगठन दर्ता गराएको छ।

नेवि संघका जिल्ला अध्यक्ष नरेश पण्डितले संगठन दर्तासँगै चुनावी अभियानलाई तीव्रता दिएको बताए। उनका अनुसार, यसअघि पाँच क्याम्पसमा विजयी बनेको नेवि संघले केन्द्रीय क्याम्पससहित अन्य आंगिक क्याम्पसहरूमा पनि संगठन दर्ता गराएको छ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको झन्डै डेढ दशकपछि पहिलो पटक केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो। विश्वविद्यालयका केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ। विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवार चयन प्रक्रियामा जुटिरहेका छन् भने चुनावी सरगर्मी बढ्दै गएको छ।

सुपवि स्ववियु निर्वाचन विद्यार्थी राजनीति तथा विश्वविद्यालय प्रशासनका लागि ऐतिहासिक महत्त्वको हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित