काठमाडौं :शुक्रबार राजधानीको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटनामा एक पत्रकारसहित २ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् ।
प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सार्वजनिक भवन, पार्टी कार्यालय, र व्यावसायिक कम्प्लेक्सहरूमा तोडफोड, आगजनी र लुटपाट गरियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरिए ।
शनिबार बिहानदेखि भने अवस्था सामान्य बनेको छ, सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
Discussion about this post