बेलडाँडी,
नेकपा एमाले बेलडाँडीले आगामी मंसिर ४ गतेलाई लक्षित गर्दै वडा नं.४मा समेत सम्पर्क कार्यालय स्थापना गरेको छ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका पदमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन एमाले लागि परेको छ ।
बेलडाँडी एमाले एक ढिक्का भएर आफ्ना उम्मेदवारलाई जिताउन लागि परेको बेलडाँडी प्रचार प्रसार संयोजक अक्कल बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार हारको मानसिकता बनाएका सत्ता गठवन्धनका नेता कार्यकर्ताहरुले चुनाव जित्नका लागि गठवन्धन गरेको आम जनताले थाहा पाइसकेकाले जनमत एमालेको पक्षमा रहेको बताए ।
आफुहरु आफ्ना नेताहरुलाई लिएर जनताको घरदैलोमा पुर्याउदै जनताका समस्याहरुलाई ध्यान दिएर समाधानका लागि नोट गरिरहेको बताए । कुलविर चौधरीको पालामा यहाँ धेरै पुलपुलेसा, बाटोघाटो बनेको बताउदै अव कृषि स्वास्थ्य क्षेत्रमा समेत जोड दिने बताएका छन् ।
बिष्टका अनुसार अहिले घरदैलोमा जनता संगको भेटघाटलाई तिब्रता दिएको बताउदै सबै भन्दा विश्वासिला र क्षमतावान उम्मेदवार एमालेले बनाएको बताए । उनले आम मतदातालाई सुर्य चुनाव चिन्हमा मतदान गर्न समेत आग्रह गरे । कार्यक्रममा कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यका उम्मेदवार तारालामा तामाङ, प्रत्यक्ष तर्फ प्रदेश ख का उम्मेदवार पल्लब राज भट्ट र सामुनपातिक उम्मेदवार कमला चौधरी र कुलवीर चौधरीको समेत सहभागिता रहेको थियो ।
Discussion about this post