काठमाडौँ, नेपाल – काठमाडौँको हातिसारमा मंगलबार एम्पुटी रनवे नेपाल २०२५ (र्याम्प प्रदर्शन) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। निर्मला फाउन्डेसनको आयोजनामा ग्रीन आर्ट्स नेपालको समन्वयमा सम्पन्न यो ऐतिहासिक कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो।
कार्यक्रममा अपाङ्गता भएका पुरुष र महिलाहरूले कृत्रिम हात र खुट्टा लगाएर र्याम्पमा वाक गर्दै सहभागिता जनाए। यस कार्यक्रममा समाजमा अपाङ्गता भएका व्यक्तिहरूसँग गरिने हेय व्यवहारको विरोध र समान अधिकारको प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो।
अप्रिल महिनालाई ‘अंग हानि र अङ्ग भिन्नता’ जागरूकता महिना मान्दै यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरू उत्साहित थिए र अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
यस कार्यक्रमले समाजमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समानता सुनिश्चित गर्न महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ।
Discussion about this post