काठमाडौं, चैत २२ – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। झापास्थित प्रसाईंको बीएन्ड सी मेडिकल कलेजबाट बीएबी ४२०८ नम्बरको गाडी नियन्त्रणमा लिइएको हो।
तीनकुने घटनामा प्रसाईंले भिडलाई उत्तेजित बनाएको आरोप छ, जसका कारण प्रहरीले उनको खोजी जारी राखेको छ। सुरुमा आफू नभाग्ने बताएका प्रसाईं पछि फरार भएका थिए। अब उनको गाडी झापामा भेटिएपछि उनी भारत गएको आशंका गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त गाडी काठमाडौं ल्याइसकेको छ भने प्रसाईंको खोजी कार्य जारी राखिएको छ।
Discussion about this post