कञ्चनपुर, २०८१/१२/२१ – कञ्चनपुर जिल्लामा सक्रिय मजदूर सङ्गठित सँगठनहरुले चालक मुकेश अवस्थीको मुद्दामा जिल्ला अदालत कञ्चनपुरको पुर्पक्षको आदेश विरुद्ध उच्च अदालत दिपायल बेन्च महेन्द्रनगरमा ७३ नम्बर निवेदन दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ।
यसै कारण, यातायात मजदूरहरूले आफूहरूको सवारी साधन नचलाउने निर्णय गरे पनि, २०८१ को चैते दशै र नयाँ वर्ष २०८२ लाई मध्यनजर गर्दै यातायात व्यवसायी र अन्य सरोकारवाला सबैको अनुरोधमा अनिश्चितकालिन यातायात बन्द नगर्ने निर्णय गरेका छन्।
अध्यक्ष हर्क ब. रावलको नेतृत्वमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाइएको जानकारी अनुसार, मजदूर संघहरूले चरणबद्ध आन्दोलन गर्ने योजना बनाएका छन्, तर तत्काल यातायात बन्द नगर्ने निर्णय गरिएको छ।
यस निर्णयसँगै सर्बसाधारणसँग अनुरोध गरिएको छ कि उनीहरूले यो आन्दोलनका बारेमा सचेत रहून् र कुनै पनि अप्रिय परिस्थितिमा यातायातको सहजता कायम राख्न सहयोग पुर्याउन अनुरोध गरिएको छ।
सम्पर्क गर्नुहोस्:
अध्यक्ष हर्क ब. रावल
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
नेपाल यातायात मजदुर संघ
अखिल नेपाल यातायात मजदुर संघ
Discussion about this post