रास्वपाले कार्यवाहक सभापतिमा डिपी अर्याललाई जिम्मेवारी दियो

काठमाडौं, चैत्र २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले अर्याललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार साँझ लामिछानेलाई पक्राउ गरेपछि रास्वपाको सचिवालय बैठक बसेको थियो ।

बैठकले अदालत, संविधान र कानुनको सम्मान गर्दै न्याय प्राप्तिका लागि अर्को तहमा अघि बढ्ने निर्णयसमेत गरेको छ । साथै, आज शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा तय भएको आमसभालाई शान्त र सौम्य ढंगले सम्पन्न गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

रास्वपाले उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यान दिएको जनाउँदै कानुनी मार्गबाट अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित