काठमाडौंमा शिक्षकहरूको अनौठो प्रदर्शन : सडकमा सुतेर विरोध

काठमाडौं, चैत २३ — शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले काठमाडौंको बबरमहल–नयाँ बानेश्वर सडकमा सुतेर अनौठो ढंगमा प्रदर्शन गरेका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन अन्तर्गत आज बिहान उनीहरूले करिब आधा घण्टा सडकमा सुतेर विरोध जनाएका हुन्। केही दिनयता नाराबाजी र जुलुसका साथ प्रदर्शन गर्दै आएका शिक्षकहरू आज थप दबाब सिर्जना गर्नका लागि सुतेर प्रदर्शनमा उत्रिएका हुन्।

देशभरका शिक्षकहरू राजधानी काठमाडौंमा भेला भएर ऐन संशोधन तथा कार्यान्वयनको माग गरिरहेका छन्। अहिले संसद अधिवेशन अन्त्य भएकोले उनीहरूले अध्यादेशमार्फत शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन्।

यदि अध्यादेशमार्फत ऐन ल्याउन नसकिने हो भने सरकारले छिट्टै बर्खे अधिवेशन वा विशेष अधिवेशन बोलाएर शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ। यसबीचमा सरकारले बोलाएको वार्तालाई समेत शिक्षकहरूले अस्वीकार गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित