कांग्रेस राष्ट्रवादी हो कि आतंकवादी ?  ज्ञानेन्द्र शाहीको प्रश्न

दाङ, लमही – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसलाई स्पष्ट रुपमा कुन पक्ष रोज्ने हो भनेर प्रश्न उठाएका छन्। राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै शाहीले कांग्रेसलाई राष्ट्रवादी वा आतंकवादी कुन कित्ता रोज्ने हो भनेर निर्णय गर्न आग्रह गरे।

“कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्,” उनले भने, “देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन्। कुन रोज्ने हो, कांग्रेसले रोजोस्।”

शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई समेत खुला चुनौती दिए। शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झुटा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै उनले त्यसविरुद्ध कडा प्रतिक्रिया जनाए।

“झुटा मुद्दा लगाए हामी चुप लाग्दैनौं। नभए ‘जेल भर अभियान’ चलाउँछौं,” उनले चेतावनी दिए।

शाहीले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्न पाउने अधिकार हुनुपर्ने मागसमेत राखे। “प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ,” उनले भने। साथै, आन्दोलन दबाउने प्रयास भए ‘जेल भर अभियान’ चलाउने उद्घोष पनि उनले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित