बाराको कलैयामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन प्रशासकीय अधिकृत वर्णवालसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलादप्रसाद वर्णवालसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा मिलेमतोमा अस्वाभाविक रूपमा बढी मूल्य कायम गरी सार्वजनिक रकम दुरुपयोग गरिएको पाइएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार एउटै कम्पनीसँग खरिद गर्दा २०७७/७८ मा प्रति प्याकेट ७९.१ रुपैयाँमा खरिद गरिएको प्याड २०७८/७९ मा त्यही कम्पनीबाट मात्र २४ रुपैयाँमा खरिद भएको तथ्य खुलेको छ।

अनुसन्धानबाट २०७७ मंसिर १९ गतेको निर्णयका आधारमा प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली र सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि नअपनाई फर्महरूसँग मिलेमतो गरिएको प्रमाणित भएको आयोगले जनाएको छ।

मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसँगै शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्माका प्रोप्राइटर विमलेश शाहसमेत प्रतिवादी बनाइएको छ।

तीन वटा फरक फर्ममार्फत एउटै परिवारका सदस्यहरूमार्फत बोलपत्र पेश गराई प्रतिस्पर्धा देखाउने प्रयास गरिएको र त्यसैमार्फत ९६ हजार २८० प्याकेट सेनिटरी प्याड प्रति प्याकेट ५४ रुपैयाँ बढी मूल्यमा खरिद गरिएको आयोगको दाबी छ। यसैअनुसार जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ भ्रष्टाचार भएको देखिएको छ।

आयोगले उक्त रकम बिगो कायम गरी सम्पूर्ण प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित