झिलमिला खुल्ला नाकामा तस्करी रोक्न ‘फलामे ढोका’ बने कावा बीओपी इन्चार्ज ऐर

बेलडाँडी । देशमा प्रहरी र सशस्त्र प्रहरीप्रति जनविश्वास घट्दो अवस्थामा रहँदा, कावा बीओपी झिलमिलाका इन्चार्ज नरेन्द्र बहादुर ऐरले उदाहरणीय कार्य गर्दै सशस्त्र प्रहरीको प्रतिष्ठा जोगाएका छन् ।

बेलडाँडी गाउँपालिका–३ स्थित सीमा नाकाबाट भारततर्फ लैजाँदै गरिएको करिब १ लाख २० हजार रुपैयाँ बराबरको भैसी तस्करी प्रयास विफल पार्दै ऐर नेतृत्वको टोलीले भैसी नियन्त्रणमा लिई भन्सार चलान गरेको हो । सशस्त्र प्रहरीले समयमै नियन्त्रण नगरेको भए उक्त भैसी भारत पार भइसकेको हुने थियो ।

स्थानीय सुराकीका आधारमा तत्काल गस्ती टोली परिचालन गरी दशगजा क्षेत्रबाट भैसी नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । भैसीसँगै रहेका भारतीय तस्कर भने सुरक्षाकर्मीको उपस्थिति देखेपछि भारततर्फ भैसी र पाडो छोडेर भागेको स्थानीयले बताएका छन् ।

समय–समयमा प्रहरी वा सशस्त्रको सेटिङमा अवैध तस्करी सहज हुने भन्ने आलोचना भइरहँदा, ऐरले त्यस अवधारणा नै च्यात्ने काम गरेका छन् । स्थानीयवासीका अनुसार उनले कमाण्ड सम्हालेयता सीमावर्ती क्षेत्रहरूमा भएका अवैध गतिविधिहरूमा कडाइ सुरु भएको छ ।

भैसी नियन्त्रणको विषयमा पत्रकारद्वारा सम्पर्क गर्दा ऐरले मिडियामा बोल्ने अनुमति नरहेको जनाउँदै उच्च कार्यालय (एसपी स्तर) सँग सम्पर्क गर्न सुझाएका थिए । यसबाट पनि उनको जिम्मेवारीबोध र अनुशासन प्रतिवद्धता झल्किन्छ । झिलमिलालाई विगतमा तस्करीको सहज नाका मानिँदै आइएको भए पनि हाल आएर यो नाका ‘फलामे ढोका’ बनेको स्थानीयको भनाइ छ ।

यस विषयम सशस्त्र प्रहरी झलारी स्थित ३५ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकन्द्र भट्टका अनुसार भारतीय तस्करले नेपालबाट भारत लैजादै गरेको भैसीहरु मध्ये १ पाडो सहितको भैसी नियन्त्रणमा लिएको बताए । अन्य भैसी तस्करले चराउन लग्ने बहानामा भारत प्रवेश गराइसको बताए । नियन्त्रण भैसीलाई भन्सार चलान गरिसकेको उहाँले जनाउनु भयो ।

यदि देशभर ऐरजस्ता इमानदार सुरक्षाकर्मीहरु भएमा राजस्व चुहावट रोक्न र अवैध कारोबार नियन्त्रण गर्न कुनै कठिनाई हुने थिएन भन्ने आम धारणा बनिरहेको छ । देशमा घट्दो सुरक्षा निकायप्रतिको विश्वास बढाउने काममा झिलमिला बीओपीका इन्चार्ज ऐरले प्रशंसायोग्य उदाहरण प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित