रास्वपाको प्रथम पालिका अधिवेशन बेलडाँडीमा भव्य रूपमा सञ्चालन हुँदै

बेलडाँडी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीले आज पहिलो पटक ऐतिहासिक पालिका अधिवेशन आयोजना गर्दैछ। बेलडाँडी गाउँपालिका वडा नं. २ स्थित सिचाइ हलमा सुरु भएको उक्त अधिवेशनमा उल्लेखनीय संख्यामा नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ।

गाउँपालिका सभापति तेज सिंह धामीको अध्यक्षतामा अधिवेशनको सुरुआत गरिएको हो। “सुशासन र समृद्धिको घण्टी बज्ने छ हाम्रै पालामा” भन्ने मूल नारासहित सुरु गरिएको अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने तयारीमा रहेको पार्टी नेताहरूले बताएका छन्।

अधिवेशनमा प्रदेश केन्द्रका नेताहरूको समेत सहभागिता रहेको जनाइएको छ। नेताहरूका अनुसार, यो अधिवेशनले संगठनलाई अझ सशक्त र एकीकृत बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ।

यद्यपि, पार्टी सभापति रवि लामिछानेलाई लागेका पछिल्ला आरोपहरूले केही कार्यकर्तामा निराशा देखिएको बताइएको छ। “फरक र नयाँ काम गर्न खोज्नेहरूलाई सधैं लक्षित गरिन्छ, रास्वपा पनि त्यसैको शिकार भएको हो,” एक स्थानीय नेताको भनाइ छ।

सभापति धामीले अधिवेशनमार्फत पार्टी अझ एकढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित