काठमाडौं :नेपाली बजारमा सुनको मूल्य इतिहासमै पहिलोपटक उच्च विन्दुमा पुगेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि बुधबार अर्थात् चैत २७ गते छापावाल सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ थियो। त्यसैगरी चैत २१ गते सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो, जुन त्यसबेलासम्मकै उच्च मूल्य मानिन्थ्यो।
महासंघका अनुसार चाँदीको मूल्य पनि उल्लेख्य रुपमा बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य एक हजार ८३५ रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा आएको यो तीव्र वृद्धिले बजारमा व्यापक चासोको विषय बनिरहेको छ। मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव तथा डलरको भाउमा आएको परिवर्तनलाई मानिएको छ।
Discussion about this post