मादी नदीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२, दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो। बिहीबारदेखि नै बेपत्ता रहेका शाहीको खोजी कार्य जारी रहँदा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव फेला परेको प्रनाउ थापाले बताए।

प्रहरीका अनुसार थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित