संसद अधिवेशन वैशाख १२ मा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं  :सरकारले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। उक्त जानकारी शिक्षामन्त्री विद्या भट्टराईले दिइन्।

उनका अनुसार संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्नेसहितका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरिएको हो। “सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गरिनेछ मन्त्री भट्टराईले भनिन्।

शिक्षक आन्दोलनबारे बोल्दै मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गरिने बताइन्। आन्दोलनरत शिक्षकहरूसँग सरकार निरन्तर संवादमा रहेको र उनीहरूको मागप्रति संवेदनशील तथा गम्भीर रहेको उनले स्पष्ट पारिन्।

कक्षा १२ को राष्ट्रिय परीक्षा नजिकिँदै गएको सन्दर्भमा उनले प्रदर्शनका कार्यक्रम स्थगन गर्न र आन्दोलनमा रहेका शिक्षकहरूलाई घर फर्किन आग्रह पनि गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित