काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले उक्त जानकारी दिएका हुन्।
बैठक वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षाको तयारी र व्यवस्थापनबारे छलफल गर्न बोलाइएको हो। यद्यपि, परीक्षा सञ्चालन गर्ने शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा छन्। आन्दोलनरत शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागिता जनाउने निर्णय गरिसकेको छैन।
यसैबीच, उत्पन्न परिस्थितिको जिम्मेवारी लिँदै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। परीक्षा नियमित रूपमा सञ्चालन गर्न सकिने वा नसकिने भन्ने विषयमा आजको बैठकबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ।
Discussion about this post