सांसद तामाङद्वारा सभामुखमार्फत दोदा, चौधर, झरना खोला र महाकाली नदीमा तटबन्ध निर्माणको माग (भिडियो)सहित

बेलडाँडी । बर्षायाम सुरु हुन लागेका बेला कञ्चनपुरका नदी तथा खोलामा अझै पनि तटबन्ध निर्माण नहुनुमा चिन्ता व्यक्त गर्दै कञ्चनपुर क्षेत्र नं. १ का सांसद तारालामा तामाङले प्रतिनिधि सभा बैठकमा समस्या समाधानका लागि जोडदार माग गरेका छन्।

सांसद तामाङले शून्य समयमा बोल्दै दोदा, चौधर, महाकाली नदी र झरना खोलाले हरेक वर्ष बाढीले धनजनमा ठूलो क्षति पुर्‍याइरहेको स्मरण गराए। उनले गत वर्ष बाढीले कटान गरेको क्षेत्रहरूमा अझै तटबन्ध निर्माण कार्य सुरु नभएको भन्दै यस वर्ष झन ठूलो क्षतिको सम्भावना रहेको र स्थानीय जनता त्रसित अवस्थामा रहेको उल्लेख गरे।

बाढी तथा पहिरोबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि राज्यका सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा राख्नुपर्नेमा उनले जोड दिए। नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सांसद तामाङले तुरुन्तै अति संवेदनशील स्थानहरूमा तटबन्ध निर्माण गर्न र दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रदेखि भारतसम्म फैलिएको दोदा र चौधर नदीमा बहुउद्देश्यीय तटबन्ध निर्माण गर्न माग गरे।

उनले बृहत् गुरुयोजना तयार गरी नदी व्यवस्थापनलाई मानव र प्राणीमैत्री बनाउने दिशामा सरकारलाई पहल गर्न सभामुखमार्फत आग्रह गरे।

भिडियो

सांसद तामाङद्वारा सभामुखमार्फत दोदा, चौधर, झरना खोला र महाकाली नदीमा तटबन्ध निर्माणको माग (भिडियो)सहित…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित