कञ्चनपुर क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी ठूला दलका लागि भारी

बेलडाँडी,
जेल जीवन बिताइरहेका सांसद रशेमलाल चौधरीकी श्रीमती रञ्जीता चौधरी श्रेष्ठको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदका लागि कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यपदमा नन्द कुमार राना, प्रदेश “क” पल्टु राना र “ख”मा काली चौधरी उम्मेदवार भई चुनावी मैदानमा होमिए पछि ठुला दललाई भारी परेको छ ।

यो दल २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताईरहेका निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको थियो ।

सो पार्टीले तराईका अधिकांस जिल्लामा आफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । स्थानीय चुनावमा कैलालीका ४ पालिकामा चुनाव जितेको नागरिक उन्मुक्ति पार्टी नयाँ जोस जागरका साथ चुनावी मैदानमा होमिएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभाका लागि नन्द कुमार राना र प्रदेश “ख” का लागि काली चौधरी चुनावी मैदानमा छिन् । यी उम्मेवदारहरु प्रति ठुला दल त्रसित बनेका छन् ।

प्रतिनिधी सभाका उम्मेदवार राना लोमो समयदेखि कम्युनिष्ट राजनिति गर्दै आएका थिए । राना अहिले उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका छन् । रानाका अनुसार अहिले सम्म जनताका पक्षमा काम गर्ने कुनै पार्टी नभएकोले नयाँ विचारका साथ उत्पन्न भएको नागरिक उन्मुक्ति पार्टीले सदियौ देखि शोषण, दमन अन्याय र अत्याचारमा परेका शोषित पीडित पहिचानवादी शक्ति एक हुने अभियान, स्वाभिमान, दिगो विकास भ्रष्टचार रहित देश निर्माणका लागि ढकिया चिन्हमा मतदान भन्दै चुनावी मैदानमा होमिएको बताए ।

राना बताउछन् “अहिले आफ्नो पार्टीपंति सबै घरदैलो कार्यक्रममा छौं मतदाताहरुलाई आफ्नो पार्टी र आफ्ना उम्मेदवारहरुको बारेमा जानकारी गराउने काम गर्न थालेका छौं । आफुहरुलाई चुनाव जिताए पछि विकास र समृद्धिसंगै समतामूलक समाज निर्माणका लागि ढकियामा भोट माग्ने काम भएको छ र मतदाताहरुले हाम्रा कुरा राम्रो संग सुनेर कार्यान्वय गर्ने पक्षमा रहेको बताए ।”

कञ्चनपुर क्षेत्र नं.१ रानाथारु बाहुल्यता भएकाले ठुलादलहरुलाई डरहुनु स्वभाविक भएको स्थानीय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित