शिक्षामन्त्री र शिक्षक महासङ्घबीच निर्णायक वार्ता सुरु, आजै सहमतिको सम्भावना

काठमाडौं :शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको टोलीबीच सहमति दिन छलफल सुरु भएको छ।

आजको वार्तामा महासङ्घका पदाधिकारीहरू र महासङ्घमा आबद्ध विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरू समेत सहभागी छन्। हिजो अबेर रातिसम्म चलेको वार्ता सकारात्मक रहेको र आजको बैठकले अन्तिम टुङ्गो लगाउने सम्भावना रहेको महासङ्घका महासचिव तुला बहादुर थापाले बताए।

महासङ्घले अघि सारेको ९ बुँदे मागमा सहमति जुटाउन आजको बैठक केन्द्रित छ। सहमति भएमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी गरेको छ। महासङ्घले निम्न विषयमा सरकारसँग सहमति मागेको छ:

१. सबै शिक्षक कर्मचारीलाई प्रादेशिक तथा निजामती अस्पतालमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने।
२. राहत, करार, बाल विकास लगायतका शिक्षक तथा कर्मचारीलाई बिरामी बिदाको रकम अवकाशमा एकमुष्ट प्रदान गर्ने।
३. बाल विकास शिक्षक तथा विद्यालय सहयोगीलाई खरिदार तथा श्रेणीविहीन कर्मचारी सरह दरबन्दी कायम गर्ने।
४. स्थायी शिक्षकका लागि ग्रेड व्यवस्था पुनःनिर्धारण गर्ने।
५. दुर्गम भत्ता सबै शिक्षकले पाउने र ४५ दिने बिदामा समेत सुविधा उपलब्ध गराउने।
६. सामाजिक सुरक्षा कोषमा अनिवार्य योगदानको व्यवस्था गर्ने।
७. शिक्षकलाई नेपाल सरकारको मर्यादाक्रममा समावेश गर्ने।
८. निम्न माध्यमिक तहका शिक्षकहरूको तलब माध्यमिक द्वितीय सरह कायम गर्ने।
९. आन्दोलनरत अवस्थामा शिक्षकहरूलाई जथाभावी सरुवा र तलब रोकिने कार्य बदर गरिने।

सरकारसँग आजै सहमति जुटेमा शिक्षक महासङ्घले आन्दोलनको स्वरूप परिवर्तन गरी कक्षा १२ को परीक्षा सञ्चालनमा सघाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित