पुनर्वासको ऐतिहासिक प्याराताल परिसरमा सेमिनार हल बन्ने

धनबहादुर बिक/पुनर्वास १९ बैसाख । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको ऐतिहासिक प्यारातालमा सेमिनार हल बन्ने भएको छ ।
शुक्रबार प्याराताल परिसरमा सेमिनार हल निर्मारार्थ सिलन्यास गरिएको छ ।

३० फुट चौडाइ ६० फिट लम्बाइ मा निर्माण हुन लागेको उक्त सेमिनार हलको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिक ले सिलन्यास गरेका हुन ।

संघिय सरकार को विनियोजित ९० लाख तथा पुनर्वास नगरपालिका को २० लाख गरउ १ करोड १० लाख बजेट मध्येबाट ७३ लाख ४९ हजार ६५६ रूपैया लागतमा सेमिनार हल , ८५ मिटर तटबन्ध तथा माटो भरान कार्य को ठेका बेलौरी नगरपालिका मा रहेको गणेश निर्माण सेवाले पाएको वडा अध्यक्ष नरबहादुर बिकले जानकारी दिएका छन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ सांसद तारालामा तामाङ को विशेष पहलमा उक्त बजेट विनियोजित गरिएको हो भने सिलन्यास को समयमा वडाले खबर नगर्नु दुखत बिषय भएको सांसद लामाले गुनासो व्यक्त गरेका छन ।

प्याराताल परिसरमा सभाहल निर्माण भईसकेपछि , विभिन्न संघसंस्था तथा राजनिती पार्टी ले बैठक बस्न सक्नेछन , शुभ बिवाह , जन्मदिनको पार्टी जस्ता कार्यक्रम गर्नलाई सहज हुने वडा अध्यक्ष बिकले बताएका छन ।

सुविधासम्पन्न सेमिनार हल , अनि ताल परिसरमा तटबन्ध बनिसकेपछि प्यारातालको स्वरूप परिवर्तन देखिने छ साथै आन्तरिक तथा बाह्य पर्यटन अवलोकनकर्ता बढ्दै जाने वडा सदस्य राजन सुनारले जोड दिए ।

सेमिनार हल असारमसान्त भित्र सम्पन्न गरिने वडाले जनाएको छ भने तोकिएको मापदण्डअनुसार तथा समयसिमा भित्र सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको गणेश निर्माण सेवा का सञ्चालक दिलिप चन्दले बताएका छन ।
करिव ४ किमि लम्बाइमा रहेको प्यारा तालमा विश्वमा दुर्लभ जलचरमा सुचिकृत भएको ओद , दक्षिणी एशियामा दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा लगायतका जलचर प्राणीहरुको वासस्थान रहेको एबं
तालमा झन्डै ३५ प्रजातिका माछा र गोहिको वासस्थान रहेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले प्याराताल लाई पर्यटकिय क्षेत्र मा विकास गर्न करिब दुई बर्ष देखि कम्मर कसेर लागिपरेका कारण पछिल्लो समय विभिन्न संघसंस्था , उधोगि व्यापारी , वैदेशिक रोजगार मा कार्यरत व्यक्ति , स्थानीय समाजसेवी लगायतले स्वस्फूर्तरूपमा प्याराताल पर्यटन क्षेत्र को आकर्षक बढाउन प्यारातालको जैविक पहिचान स्वरूप सो क्षेत्रमा माछा , गोंहि , बन बिरालो , कछुवा , मृग , मयुर लगायतका प्रतिमाहरू स्थापना गरिकेका छन जसको अवलोकन गर्न कैलाली कञ्चनपुर बाट अवलोकनकर्ता हरू आउने गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित