पश्चिमी वायुको प्रभाव: आज देशभर बदली, कतै वर्षा कतै हिमपात

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफादेखि आंशिक बदलीसम्म देखिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने बताइएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित