“हाम्रा नीतिहरू सही छन्, ढुक्क हुनुहोस्” — प्रधानमन्त्री ओलीको सांसदहरूलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका नीति तथा कार्यक्रमहरू पूर्ण रूपमा सही भएको दाबी गरेका छन् । साथै, उनले आफ्नै पार्टीका सांसदहरूलाई ढुक्क भएर समर्थन गर्न आग्रह गरेका छन् ।

शनिबार सरकारी निवास बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षीको आलोचना र विरोधप्रति चिन्ता नगर्न सांसदहरूलाई निर्देशन दिएका हुन् । उनले भने, “माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् ।

ढुक्कले सही छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ ।”ओलीले विपक्षीहरू आलोचनामा मात्र सीमित भएको भन्दै कुनै पनि सकारात्मक बुँदामा समर्थन नगर्ने प्रवृत्तिप्रति टिप्पणी गरे । “विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन,” उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले विपक्षीको भनाइमा धेरै घोत्लिनु आवश्यक नरहेको बताउँदै भने, “सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ ।”

सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको संसदमा छलफल हुने तयारी सन्दर्भमा ओलीले सांसदहरूलाई अध्ययन गरेर स्पष्ट र बलियो ढंगले प्रस्तुत हुन निर्देशन दिए । “माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित