किसानका मागसहित १५ बुँदे ज्ञापनपत्र बेलौरी नगरपालिकालाई

बेलौरी, कञ्चनपुर । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरले कृषकका हक, अधिकार र संरक्षणका लागि १५ बुँदे ज्ञापनपत्र बेलौरी नगरपालिकालाई बुझाएको छ।

जिल्ला सदस्य दीपक बहादुर सिंहको नेतृत्वमा पुगेको प्रतिनिधि टोलीमा जिल्ला सदस्य नरेश बहादुर चन्द, केन्द्रीय पार्षद तथा सुदूरपश्चिम प्रदेश सभापति कर सिंह नगारी, सुदूरपश्चिम कार्यसमिति सदस्य अरुण बहादुर खडायत, नगर सभापति प्रेमप्रसाद जैसीलगायत कृषक प्रतिनिधिहरू सहभागी थिए।

ज्ञापनपत्रमा किसान परिचयपत्र उपलब्ध गराउने, उत्पादनको उचित मूल्य निर्धारण गर्ने, अनुदान रकम पारदर्शी रूपमा वितरण गर्ने, गुणस्तरीय बीउबिजन तथा मलखाद सुनिश्चित गर्ने, सहुलियत ऋण उपलब्ध गराउने र हाटबजार स्थापना जस्ता मागहरू समेटिएका छन्।

ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख पोतिलाल चौधरीले किसानका मागहरूलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो।
“बेलौरी नगरपालिका वडा नं. ८ मा कृषि हाटबजार व्यवस्थित रूपमा सञ्चालन भइसकेको छ। त्यस्तै, बेलौरी बजारको खुला मञ्च नजिकै र गोकुलपुरमा अर्को हाटबजार सञ्चालनका लागि अन्तिम तयारी भइरहेको छ,” नगरप्रमुख चौधरीले बताउनुभयो।

सहकारीमार्फत मलखाद वितरणलाई पारदर्शी बनाइएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “म आफैं पनि कृषक हुँ, त्यसैले किसानका पीडा म प्रत्यक्ष महसुस गर्छु। स्रोत र साधनको सीमाभित्र रहेर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ।”

नगरप्रमुख चौधरीले आगामी बजेट निर्माणमा कृषकका मागलाई पहिलो प्राथमिकतामा राखिने र केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरेर कृषि क्षेत्रमैत्री योजना कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित