कञ्चनपुरमा अनलाइन टिभी पत्रकार संघ गठन

कञ्चनपुर – कञ्चनपुरमा अनलाइन टिभी पत्रकार संघ गठन गरिएको छ। मंगलवार अनलाइन टिभी पत्रकार संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपस्थितिमा जिल्ला संयोजक, सह–संयोजक र प्रदेश प्रतिनिधिहरु चयन गरिएको हो।

जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट चयन भएका छन् भने सह–संयोजकमा कारोबार दैनिककी जिल्ला संवाददाता ईशु नेगी चयन हुनुभएको छ। त्यस्तै, प्रदेश प्रतिनिधिमा न्युज सेभेन टिभीका जिल्ला संवाददाता सन्तोष धानुक र फारवेस्ट पोस्टका सञ्चालक कल्पना सावद चयन भएका छन्।

संयोजक प्रकाश भट्टले प्रारम्भिक रुपमा जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधिहरु चयन गरिएको जानकारी दिनुभयो। साथै, छिट्टै जिल्ला समिति विस्तार गरी अन्य सञ्चारकर्मीहरुलाई समेत समेटेर संगठन विस्तार गरिने बताउनुभयो।

केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही वैशाख महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जानकारी दिनुभयो। उहाँले अनलाइन टिभीमा आबद्ध सबै पत्रकारहरुलाई सक्रिय रुपमा जिल्लामा काम गर्न आग्रह गर्नुका साथै, ’मिठो तरिकाले सम्पादित, मर्यादित र सत्य समाचार प्रस्तुत गर्नुपर्ने’मा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित