स्वतन्त्र उम्मेदवार शारदा चन्द भन्छिन, ‘केही नेताले निर्मला हत्याकाण्डमा निर्दोष प्रहरीलाई फसाए’

38
VIEWS

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र ३ स्वतन्त्र प्रतिनिधी सभा सदस्यकी उम्मेदवार शारदा चन्दले निर्मला हत्याकाण्डमा निर्दोष प्रहरीलाई फसाउने काम भएको बताएकी छिन ।

चुनावी एजेण्डा सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार चन्दले १३ बर्षिया बालिका निर्मला हत्याकाण्डमा निर्दोष प्रहरीलाई फसाउने काम भएको बताएकी हुन । निर्मलाको न्यायको मुल एजेण्डा अघि सारेकी शारदाले केही नेता, पार्टी र उतिबेलाको सरकारले वास्तविक हत्यारा पत्ता लगाउनुको साटो काम गरिरहेका केही प्रहरीलाई मात्रै कार्बाही गरेर नाटक गरेको बताईन ।

‘हेर्नुहो त नाबालिकाको हत्याकाण्डमा केही नेताले आन्दोलन गराए, सरकार पनि तिनैको पछि लागेर वास्तविक हत्यारा बाहिर ल्याउनुको साटो प्रहरीमाथि दोषारोपण गर्ने काम गरे, कार्बाही पनि गरे, ‘उनले भनिन, ‘आँखिर केही उपलब्धी भएन ।’

यही क्षेत्रकी अबोध बालिकाको बलात्कार पछि हत्या हुँदा समेत न्यायका लागि पालले सत्ता र शक्तिमा हुँदा केही पहलै नगरेको आरोप लगाउनुभयो । ‘निरुदेवी पाल संसदको महिला तथा बालबालिका समितिको सभापति हुनुहुन्थ्यो, ‘उनले भनिन, ‘निर्मलाका लागि शक्तिमा हुँदा बोल्नु नै भएन ।’

निर्मलाको न्यायका लागि पाललाई भेट्न जाँदा निर्मलाको बलात्कारी हत्यारा उनकै बाबु यज्ञराज भएको भन्दै उल्टै थर्काएर पठाएको चन्दले बतार्इैन । ‘उतिबेला एमाले नेतृत्वमा सरकार थियो, ‘चन्दले भनिन, ‘निरुदेवी पालले हत्यारा पत्ता लगाउन चाहेको भए लाग्थ्यो, तर चाहनु नै भएन, त्यही भएर अहिलेसम्म हत्यारा थाहा पाई पाई पनि बाहिरा ल्याउन सकेको छैन ।’

यस क्षेत्रबाट पुर्वमन्त्री समेत भएका रमेश लेखकले पनि निर्मलाका न्यायका लागि काँग्रेस सरकार आएपछि नबोलेको उनले गुनासो छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार र त्यसपछि आएको काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले निर्मलाको न्यायका लागि केही नगरेको चन्दको आरोप छ ।

‘मेरो मुख्य एजेण्डा निर्मलाकै न्यायका लागि हो, ‘उनले भनिन, ‘निर्मलाका छोरीको न्यायका लागि चुईक्क समेत नबोल्ने अहिले के मुखले भोट मागिरहेका छन ।’ चन्दले निर्मलाका लागि दल, तिनका नेताबाट भएको आन्दोलन फगत स्वार्थ र सत्ताका लागि भएको टिप्पणी छ ।

‘निर्मला काण्डपछि तत्तकालिन गृहमन्त्री राम बहादुर थापा(बादल) किन ? ओलीतिर गए, ‘चन्दले भनिन, ‘रहस्य हामीले सबै बुझिसके, भिआईपीका मान्छे जोगाउने खेलभयो ।’ ओली सरकार चोखिनका लागि अनुसन्धानका खटिएका निर्देष प्रहरीलाई बिना कारण कार्बाहीको नाटक गरिएको उनको दुखेसो छ ।

‘ओली र देउवा दुवै सरकारलाई निर्मलाका हत्यारा को हुन, भन्ने थाहा छ, ‘चन्दले ठोकुवा गर्दै भनिन, ‘तर दुवै सत्ताका लागि चुपचाप छन ।’ शारदाले जितेपछि निर्मलाको न्यायका लागि पहिलो काम गर्ने चुनावी एजेण्डा अघि सारेकी छिन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार