भीमदत्त नगरमा शुक्रबारदेखि फारवेष्टर्न टुरिजम मार्ट

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका, महेन्द्रनगरमा शुक्रबारदेखि तीन दिने “फारवेष्टर्न टुरिजम मार्ट“ आयोजना हुँदैछ। नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको संयुक्त आयोजना रहेको महोत्सव सुदूरपश्चिमसहित नेपालका विभिन्न पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको हो।

भारतका दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश लगायतका सहरबाट आउने पर्यटन व्यवसायीलाई नेपालको पर्यटकीय गन्तव्यबारे जानकारी गराई पर्यटक भित्र्याउने तयारी गरिएको छ। महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले गर्नेछन्।

कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवद्र्धन, सम्भावना र चुनौतीबारे गहन छलफल हुनेछ। दोस्रो दिन महाकाली, कर्णाली नदी ट्याफ्टिङ, टीकापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत स्थलको अवलोकन गराइनेछ। तेस्रो दिन समिक्षासहित महोत्सव समापन गरिनेछ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले मार्टबाट सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमलाई प्रभावकारी बनाउन सम्वाद र सहकार्यमा जोड दिनुपर्ने बताए।

होटल व्यवसायी जगदीशचन्द्र भट्ट र नेपाल पत्रकार महासंघ कञ्चनपुर अध्यक्ष सुरेश सिंह धामीले पनि पर्यटन प्रवद्र्धनमा आतिथ्य र सञ्चार क्षेत्रको भूमिकाको महत्व औंल्याएका छन्। महोत्सवको तयारी युद्धस्तरमा भइरहेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित