बेलडाँडीका भट्टको अध्यक्षतामा कञ्चनपुर जिल्ला जिम्न्यास्टिक्स संघ गठन

कञ्चनपुर, वैशाख २५ -कञ्चनपुर जिल्लामा जिम्नाष्टीक खेलको प्रवर्द्धन र विकासका लागि जिल्ला जिम्न्यास्टिक्स संघ गठन गरिएको छ। संघको अध्यक्षमा बेलडाँडी गाउँपालिका–२ निवासी खेलप्रेमी युवा दिनेशराज भट्ट सर्वसम्मत चयन भएका छन्।

सुदूरपश्चिम प्रदेश जिम्न्यास्टिक्स संघका उपाध्यक्ष धर्मराज बोहराको अध्यक्षता र कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टको रहोवरमा बिहीबार संघ गठन गरिएको हो। जिम्न्यास्टिक्स खेलका खेलाडी र खेलप्रेमीहरूको उपस्थितिमा सर्वसम्मत निर्णयसहित सात सदस्यीय कार्यसमिति चयन गरिएको हो।

संघको उपाध्यक्षमा विनोद न्यौपाने, सचिवमा पूजा पाली, कोषाध्यक्षमा लोकराज भट्ट चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा महेश्वर भट्ट, गणेश आग्री र दिनेश खाती रहेका छन्।

संघका नवनियुक्त अध्यक्ष दिनेशराज भट्ट बेलडाँडी युवा समाजका अध्यक्ष समेत हुन्। उनले बेलडाँडी क्षेत्रमा खेलकुदको विकास र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्। भट्टले जिम्न्यास्टिक्स खेललाई जिल्ला र प्रदेशस्तरमा लोकप्रिय बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि सुप प्रदेश जिम्न्यास्टिक्स संघ, धनगढीले २०८२ साल वैशाख १६ गते जारी गरेको पत्रका आधारमा कञ्चनपुरमा जिल्ला संघ गठनको प्रक्रिया अघि बढाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित