कमला गुर्धामी धामी/धनगढी,
धनगढीमा टेवाको प्रदेश स्तरिय पाचौं कार्यशाला गोष्ठी बुधवार देखि शुरु भएको छ । “सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरणका” दीर्घकालीन दिगोपनको लागि पाचौं प्रदेश स्तरिय कार्यशाला गोष्ठी शुक्रवार सम्म चल्ने टेवाले जनाएको छ ।
नेपालमा महिलावादी आन्दोलन हिजो कानूनको संशोधन र राजनीतिक सहभागिताका लागि तथा परम्परागत÷रूढिवादी धार्मिक–सांस्कृतिक अभ्यासविरुद्ध उठेको थियो भने आज यसको सम्बन्ध लोकतन्त्र, कानूनको शासन र समग्र लोकतान्त्रिक अभ्याससँग जोडिन पुगेको छ । महिलावादी आन्दोलनले आजको आवश्यकता र चुनौती सम्बोधन गर्नका लागि दीर्घकालीन दिगोपनका विषयमा कार्यशाला गोष्ठी गरेहो हो ।
हिजोको आन्दोलन विभेद र शोषणविरुद्ध, समानता र शिक्षाका लागि तथा सम्पत्तिको अधिकार प्राप्त गर्न सीमित थियो । आज भने फरक लिंग, भाषा, भूगोल तथा अल्पसंख्यक धार्मिक समूहको अधिकारसमेत महिलावादी आन्दोलनका विषय बनेका छन् । महिलावादी आन्दोलनका लागि पुरुषहरूको पनि साझेदारी भइरहेको छ । आज प्रत्येक महिला कुनै पनि चुनौती लिन तयार छन् । चुनौतीले नै परिवर्तनको सुनिश्चितता गर्छ भन्ने अवस्थामा महिलाहरू पुगेको पाइन्छ ।
Discussion about this post