कैलाली, २७ बैशाख । अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीको सभापतित्व थियो ।
औपचारिक सत्र सम्पन्नपश्चात जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण गराएका थिए । अनलाइन पत्रकारितामा साइबर सुरक्षाको महत्त्व र विद्यमान चुनौतीबारे भएको गहन छलफल कार्यक्रममा सहभागीहरू उत्साहित देखिएका थिए ।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । भक्त राज जोशी अध्यक्षमा निर्वाचित हुनुका साथै अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेम राज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा निर्वाचित भएका छन् ।
संघले नयाँ नेतृत्वसँगै सुदूरपश्चिममा अनलाइन पत्रकारिताको स्तर उकास्न र साइबर सुरक्षामा सचेतना फैलाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
Discussion about this post