विओपी दोदामा सीमा सहजीकरण समितिको बैठक सम्पन्न

केशव भट्टराइ/पुनर्वास । सशस्त्र प्रहरी बल नेपाल विओपी दोदामा मंगलबार सम्पन्न सीमा सहजीकरण समितिको बैठकले सीमा सुरक्षा थप सुदृढ बनाउने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र स्थानीयस्तरमै कम्युनिटी भोलेन्टियर तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।

समितिका संयोजक एवं पुनर्वास नगरपालिका–१० का वडाध्यक्ष सुकदेव रानाको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीका अनुसार बैठकले सीमा क्षेत्रमा सूचना आदान–प्रदानलाई नियमित गर्ने र मनसुनका समयमा हुन सक्ने सम्भावित विपद्को व्यवस्थापनका लागि विशेष योजना लागू गर्ने निर्णय गरेको हो।
“तालिम प्राप्त सशस्त्र प्रहरीलाई विपद् प्रतिक्रिया तथा उद्धारका लागि तयारी अवस्थामा राख्नेछौं,” भण्डारीले जानकारी दिनुभयो।

बैठकमा पुनर्वास नगरपालिकासँग समन्वय गरेर सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई लक्षित गरी ‘कम्युनिटी भोलेन्टियर ट्रेनिङ’ सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। तालिमबाट विपद्का बेला समुदायस्तरमै तत्काल सहयोग गर्न सक्ने जनशक्ति तयार पारिनेछ।

बैठकले सीमा सुरक्षालाई सुदृढ पार्न बहुपक्षीय समन्वय आवश्यक रहेको भन्दै सहकार्य, सूचना प्रवाह र जनसहभागिता अभिवृद्धि गर्ने साझा प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित