कञ्चनपुर, मझगाउँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ अन्तर्गत मझगाउँस्थित खन्नड–गोबरैया सडक खण्डमा बुधबार साँझ भीषण सवारी दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहोराका अनुसार साँझ करिब ८:३० बजेको समयमा पूर्व–पश्चिमतर्फ गइरहेको से१त ३६० ट नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिम महेन्द्रनगर बजारतर्फ आइरहेको भारतीय नम्बर प्लेटको गाडी (जीप नं. UP 60 BD 4547) आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१७ का रमेश जोशी गम्भीर घाइते भएका छन्। उनी सवार मोटरसाइकल ती दुई सवारी साधनबीचको ठोक्किएमा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
प्रवक्ता बोहोराका अनुसार जिप चालक भारतीय नागरिक सोनु नाम गरेका व्यक्ति घटनापछि फरार छन् भने ट्याक्टर चालक भने सकुशल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी फरार चालकको खोजीमा लागेको छ।
Discussion about this post